कोरोनाबाट मृत्यु भएकाको घरमा डेरामा बस्नेलाई कोरोना पुष्टी

१० जेठ,गुल्मी ।
बुधबार बिहानमा कोरोना पोजेटिभको उपचारका क्रममा बुटबलको क्रिमसन अस्पतालमा मृत्यु भएका युबाको घरमा डेरामा बस्ने एक ब्यक्तीमा समेत कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।
गुल्मीको मदाने गाउँपालिकाका शिक्षकको घरमा डेरा गरी बस्ने अर्का पुरुषमा कोरोना संक्रमण रहेको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा भवानी प्रसाद शर्माले पुष्टी गरेका हुन् ।मृतक शिक्षमा कोरोना पुष्टी भएपछि सो गाँउका ३० जनाको कोरोना परिक्षण गरिएको थियो । जसमध्ये २५ जनाको नेगेटिभ रिपोर्ट शुक्रबार आएको थियो भने एक जनाको आज आएको हो । जस्मा पोजेटिभ भेटिएको हो । बाँकीएक जनाको नेगेटिभ रिपोर्ट आएको छ भने ३ जनाको रिपोर्ट आउन बाँकी छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।