२१ बैशाख,काठमाण्डौ ।
विश्वभर महामारीका रुपमा अझै पनि सताइरको कोरोनाभाइरसको नयाँ इपिसेन्टरका रुपमा रुस बनेको छ ।कोरोनाभाइरसले अहिले सम्म विश्वमा २ लाख ४५ हजार ४९१ जनाको मृत्यु भएको छ भने ३५ लाख १३ हजार १०५ जनालाई संक्रमण भएको छ ।त्यस्तै ११ लाख ३२ हजार ६६७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५० हजार ५८१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच कोरोना भाइरसको पछिल्लो टार्गेट रुस बन्दै गएको छ । रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार २८० जनाको मृत्यु भएको छ भने १ लाख ३४ हजार ६८७ जनालाई संक्रमण भएको छ ।रुसमा कोरोना भाइरसको महामारीका कारण आइतबार मात्रै ५८ जनाको मृत्यु भईसकेको छ भने १० हजार ६३३ जना नयाँ संक्रमित आजै थपिएका छन् ।
शनिवार पनि कोरोना भाइरसको महामारीका कारण रुसमा ९ हजार ६२३ जनालाई संक्रमण भएको थियो भने शनिवार नै ५३ जनाको मृत्यु भएको थियो ।रुसमा यो समाचार तयार पार्दासम्म २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने १६ हजार ६३९ जना स्वास्थ्योपचार पछि निको भएका छन् । कोरोनाभाइरसका संक्रमित नेपालमा समेत तीव्र गतीमा बढीरहेको छ ।








