२० बैशाख,काठमाण्डौ ।
नेपालमा कोरोनाभाइरसले उत्पन्न गराएको लकडाउन अबको ५ दिनमा सकिदैछ । यसअघि तीन पटक सम्म लकडाउनको मिति सारेकाले अब चाँहि लकडाउन खुल्छ की भन्ने आसा आम नागरीकमा छ । करिब डेढ महिना देखिको लकडाउनले कष्टकर बनेको दैनकी बैशाख २५ पछि केहि खुकुलो भए पनि पुर्ण रुपमा लकडाउनको प्रभाब हट्ने छैन ।
बिशेषगरी छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमित ब्यापक रुपमा बढ्दै गरेकाले नेपालमा समेत त्यसको प्रतिकुल असर पर्न सक्ने अबस्थालाई मध्यनजर गर्दै नेपालले छिमेकी मुलुक संगको सीमानाका र अन्तर्राष्ट्रिय उडान साउन मसान्त सम्म बन्द हुने संकेत देखिएको छ ।सरकारी अधिकारीहरुले २५ वैशाखपछि लकडाउन खुकुलो बनाउने कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले यसअघि नै भनिसकेका छन् ।
वैशाख २५ गतेपछि हुने लकडाउनको विधिबारेमा स्वास्थ्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञहरुसँग छलफल गरेको छ । कोरोना भाइरसको उपचारमा औषधि नै नबनेको अवस्थामा यसको जोखिम कम गर्न विश्वभर लकडाउन नै मुख्य उपाय रहेको विश्व स्वास्थ्य संगठनले जनाइसकेको छ । तर लामो समय यस्तै लकडाउन गरिरहन पर्ने या नपर्नेबारे स्वास्थ्य मन्त्रालयले विज्ञहरुसँग छलफल अघि बढाएको हो ।
यसअघि मुख्य सचिव लोकदर्शन रेग्मी नेतृत्वको कोभिड-१९ निर्देशक समितिले एक हप्तापछिको लकडानको मोडालिटी तयार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको थियो । स्वास्थ्य क्षेत्रका विज्ञहरुले दिएको सुझावकै आधारमा सरकाले लकडाउनको निर्णय लिने गरेको छ। विज्ञहरुले दिएको सुझाव अनुसार कोभिड-१९ नियन्त्रणका लागि उपप्रधानमन्त्रीको संयोजकत्वमा बनाइएको उच्चस्तरीय समितिले निर्देशक समितिले सरकारलाई सिफारिस गर्दै आएको छ ।







