नेपालमा लकडाउनबारे नयाँ नीति : अन्तर्राष्ट्रिय उडान साउन मसान्त सम्म बन्द हुने संकेत

२० बैशाख,काठमाण्डौ ।
नेपालमा कोरोनाभाइरसले उत्पन्न गराएको लकडाउन अबको ५ दिनमा सकिदैछ । यसअघि तीन पटक सम्म लकडाउनको मिति सारेकाले अब चाँहि लकडाउन खुल्छ की भन्ने आसा आम नागरीकमा छ । करिब डेढ महिना देखिको लकडाउनले कष्टकर बनेको दैनकी बैशाख २५ पछि केहि खुकुलो भए पनि पुर्ण रुपमा लकडाउनको प्रभाब हट्ने छैन ।बिशेषगरी छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमित ब्यापक रुपमा बढ्दै गरेकाले नेपालमा समेत त्यसको प्रतिकुल असर पर्न सक्ने अबस्थालाई मध्यनजर गर्दै नेपालले छिमेकी मुलुक संगको सीमानाका र अन्तर्राष्ट्रिय उडान साउन मसान्त सम्म बन्द हुने संकेत देखिएको छ ।सरकारी अधिकारीहरुले २५ वैशाखपछि लकडाउन खुकुलो बनाउने कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले यसअघि नै भनिसकेका छन् ।

वैशाख २५ गतेपछि हुने लकडाउनको विधिबारेमा स्वास्थ्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञहरुसँग छलफल गरेको छ । कोरोना भाइरसको उपचारमा औषधि नै नबनेको अवस्थामा यसको जोखिम कम गर्न विश्‍वभर लकडाउन नै मुख्य उपाय रहेको विश्‍व स्वास्थ्य संगठनले जनाइसकेको छ । तर लामो समय यस्तै लकडाउन गरिरहन पर्ने या नपर्नेबारे स्वास्थ्य मन्त्रालयले विज्ञहरुसँग छलफल अघि बढाएको हो ।

यसअघि मुख्य सचिव लोकदर्शन रेग्मी नेतृत्वको कोभिड-१९ निर्देशक समितिले एक हप्तापछिको लकडानको मोडालिटी तयार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको थियो । स्वास्थ्य क्षेत्रका विज्ञहरुले दिएको सुझावकै आधारमा सरकाले लकडाउनको निर्णय लिने गरेको छ। विज्ञहरुले दिएको सुझाव अनुसार कोभिड-१९ नियन्त्रणका लागि उपप्रधानमन्त्रीको संयोजकत्वमा बनाइएको उच्चस्तरीय समितिले निर्देशक समितिले सरकारलाई सिफारिस गर्दै आएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।