२९ अप्रिल,सिड्नी ।
अष्ट्रेलियामा यसअघी ८ जना नेपाली बिध्यार्थी कोरोना संक्रमण बाट निको भैईसकेका छन् । यसैसाता थप एक जना बिध्यार्थीमा कोरोना संक्रमण पुष्टी भएको छ ।सिड्नी स्थित नेपालीहरुको बाक्लो बसोबास रहेको स्ट्राथफिल्डको एक अपार्टमेन्टको युनिटमा बस्ने करिब २४-२५ बर्षका नेपाली बिध्यार्थी (पुरुष) मा कोरोना संक्रमण पुष्टी भएको हो ।
कोरोना संक्रमित बिध्यार्थी संग अरु चार जना बिध्यार्थी (सबै पुरुष) बस्दै आएका छन् ।कोरोना संक्रमित पुष्टी भएका युबा संगै रुम शेअर गरेर बस्ने एक जना गरी संक्रमितलाई सरकारले सिड्नीकै होटलको आईसोलेसनमा राखेर थप परिक्षण गर्दा उनको साथीको नतिजा नेगेटिभ आएपछि उनलाई भने रिलिज गरिएको राजदुत महेशराज दाहालले नेपाली टिभिलाई बताए ।
राजदुत दाहालका अनुसार संक्रमितका ४ जना साथी सोहि युनिटमा सेल्फ आइसुलेसनमा बसेको बताए । केहि दिन अगाडीको घटना भए पनि दुताबासलाई तीन दिन अगाडी मात्रै खबर आएको बताउदै दुताबास संक्रमित त सम्बन्धित निकाय संग निरन्तर सम्पर्कमा रहेको बताए ।
राजदुत दाहालका अनुसार संक्रमितको अबस्था सामान्य रहेको र चाडैनै रिलिज हुने आसा राखे । उनका अनुसार एनएसडब्लुमा ४,भिक्टोरियामा ३ र तास्मानियामा १ गरी यसअघि ८ संक्रमित रहेकोमा थप संक्रमित गरी ९ जना कोरोना संक्रमित रहेको बताए । तर,गैर-आवासीय नेपाली संघ अष्ट्रेलियाले भने यसअघि नेपाली ९ संक्रमितको पुष्टी गरेको थियो । नयाँ संक्रमित बाहेक सबै निको भईसकेका छन् ।







