२७ अप्रिल,सिड्नी ।
कोरोनाभाइरसले युरोप र अमेरिकामा आंचक मच्चाइरहेका बेला समेत न्युजिल्याण्डमा खासै त्यसको प्रभाब परेन । छिमेकी राष्ट्र अष्ट्रेलियामा भने कोरोनाको ठुलै प्रभाब रह्यो । अष्ट्रेलियाले समेत कोरोना भाइरसको संक्रमणलाई सुन्यमा झार्ने क्रममा छ ।न्युजिल्याण्डले कोरोनाभाइरसको संक्रमण निर्मुल पारेको दाबी गरेको छ ।केही दिनसम्म दैनिक नयाँ सङ्क्रमितको सङ्ख्या एक अङ्कमा मात्रै बढेपछि प्रधानमन्त्री जसिन्डा आर्डनले भाइरस अहिले निर्मूल भएको बताएकी हुन् ।
तर यो घोषणाबाट उत्साहित नहुन चेतावनी दिँदै यसको अर्थ नयाँ कोरोनाभाइरस सङ्क्रमण अन्त्य भएको अर्थ ननिकाल्न अधिकारीहरुले भनेका छन् । न्यूजील्यान्डले कडा खाले सामाजिक प्रतिबन्धहरू हटाउनु केही घण्टा अगाडि यो घोषणा भएको हो। महामारी कोरोनाभाइरसले विश्वभर ३० लाख ३ हजार ३ सय ९२ जना संक्रमित र २ लाख ७ हजार ९६ जनाको मृत्यु भइसक्दा न्युजिल्याण्डमा भने एक हजार ४ सय ६९ संक्रमित र १९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा न्युजिल्याण्डमा १ जनाको कोरोनाले मृत्यु हुदा सरकारले भने कोरोनाको संक्रमण नभएको दाबी गरेको छ ।







