२५ अप्रिल,लण्डन ।
कोरोनाभाइरस (कोभिड१९)ले बेलायतमा थप दुई जना नेपालीको मृत्यु भएको छ । यो संगै कोरोनाले बेलायतमा मृत्यु हुने नेपालीको संख्या दुई दर्जन भन्दा बढी भएको छ । मृत्यु हुने धेरै पूर्व गोर्खा सैनिक छन् ।दूतावासको सूचीमा भएका दुई दर्जनमध्ये आधाभन्दा धेरै भूतपूर्व गोर्खा नै छन् । मृतकमध्ये दुई जना महिला छन् भने अरू सबै पुरुष हुन् ।
मृत्यु हुने महिलामा एक ३२ वर्षीया र अर्की ३९ वर्षीया हुन् ।गोर्खा वेल्फेयर ट्रस्टले पनि शनिबारसम्म १८ जना पूर्व गोर्खा सैनिकको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेको छ। एनआरएनए युकेले अहिलेसम्म ३८ जना संक्रमित नेपाली बेलायतका विभिन्न अस्पतालमा भर्ना भएको जनाएको छ । तीमध्ये २७ जना उपचारपछि घर फर्किसकेको र ११ जना अझै उपचाररत रहेको बताइएको छ । कोरोनाका लक्षण देखिएका कारण करिब डेढ सय नेपाली घरमै आइसोलेसनमा बसेका छन्।







