कोरोना संक्रमितलाई किटाणु मार्ने इन्जेक्सन दिनु भनेपछि ट्रम्प बिबादमा

२४ अप्रिल,एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अहिले चौतर्फी आलोचना भइरहेको छ । उनले किटाणु मार्ने इक्जेक्सन बिरामीको शरीरमा लगाउँदा (डिस्इन्फेक्टेन्ट गर्दा) कोरोना ठिक हुनसक्ने बताएका थिए । उनले बिरामीको शरीरमा युभी लाइट पठाउँदा पनि भाइरस मर्नसक्ने बताएका थिए । चिकित्सकहरुले यी दुबै कुरा वाहियात रहेको भन्दै विरोध गरेका छन् ।ट्रम्पका एक अधिकारीले सूर्यको प्रकाश र डिइन्फेक्सनले संक्रमण मार्ने बताएका थिए ।डिस्इन्फेक्टेन्ट खतरनाक पदार्थ हो, शरीरमा इन्जेक्सनमार्फत लगाउँदा विषालु पनि हुनसक्छ । त्यस्तै, छाला, आँखा र स्वासप्रश्वासमा प्रकाशको सम्पर्कले खतरा पैदा गर्नसक्छ ।बिहीबार कोरोना भाइरसबारे ह्वाइटहाउसमा भएको ब्रिफिङमा एक अधिकारीले अमेरिकी सरकारको अनुसन्धान सार्वजनिक गरेका थिए । यस अनुसन्धानमा सूर्यको प्रकाश र तातोसँग सम्पर्कमा आएपछि कोरोना भाइरस कमजोर हुने उल्लेख थियो । यस अध्ययनले ब्लिचले ५ मिनेटभित्रै ¥यालमा रहेको मार्नसक्ने र अल्कोहल आइस्प्रेपलले अझै चाडों खतम गर्ने समेत जनाएको थियो ।युएस डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरियटीका साइन्स एन्ड टेक्नोलोजी निर्देशक बिलियम ब्रायनले यस खोजीबारे पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।

ट्रम्पले यसबारे थप अध्ययन गरिने बताएका थिए । ‘त्यसैले हामीले सायद शरीरमा अल्ट्रभ्वाईलेट वा धेरै शक्तिशाली प्रकाश दिनेछौं,’ ह्वाइटहाउस कोरोना भाइरस रेस्पोन्स कोओर्डिनेटर डाक्टर डिबोरा ब्रिक्सतर्फ फर्किएर ट्रम्पले भनेका थिए, ‘मलाई लाग्छ तपाईले भनेअनुसार अहिलेसम्म यसबारे जाँच भएको छैन र तपाईहरु परीक्षण गर्दै हुनुहुन्छ । र मैले भनेको थिएँ, तपाईले प्रकाशलाई शरीरभित्र कहाँबाट ल्याउनुहुन्छ छाला या अन्इ माध्यमबाट र मलाई लाग्छ तपाईले भन्नुभएको थियो कि यसबारे पनि तपाईहरु जाँच गर्दै हुनुहुन्छ । यो निकै राम्रो हुनसक्छ ।’उनले बिक्सतर्फ फर्किएर फेरि सोधेका थिए, ‘कोरोना भाइरसको उपचारमा ताक्रम र प्रकाशको प्रयोग गरिएको कहिल्यै सुन्नु भएको छ ।’ जवाफमा ब्रिक्सले भनेकी थिइन्, ‘ उपचारका रुपमा छैन । मेरो भनाई ज्वरो राम्रो कुरा हो । जब तपाईलाई ज्वरो आउँछ तब तपाईको शरीरलाई प्रतिक्रिया जनाउने यसले सहयोग गर्छ भन्ने हो । तर मैले प्रकाश वा तापक्रमबारे देखेको छैन ।’

–बीबीसीबाट

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।