अमेरिकामा २ घरपालुबा बिरालोमा कोरोना संक्रमण

२३ अप्रिल,एजेन्सी ।
महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९)को इपिसेन्टर बन्दै गरेको अमेरिका स्थित न्युयोर्कमा दुई वटा बिरालोमा पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । बिरालोलाई सास फेर्न समस्या भएपछि गरिएको परीक्षणमा कोरोना पोजेटिभ भेटिएको बीबीसीले जनाएको छ ।सङ्घीय अधिकारीहरुका अनुसार अमेरिकामा घरमा पालिएको बिरालोमा कोरोना भाइरसको सङ्क्रमण पाइएको यो पहिलो घटना हो । ती दुई बिरालोमा कोरोना सङ्क्रमण मानिसबाट नै सरेको आशङ्का गरिएको छ । यसअघि न्युयोर्कको चिडियाघरमा रहेको बाघमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको थियो । Photo : PBS

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।