डब्लूएचओको स्वाब स्याम्पल बोकेको गाडीमा आक्रमण,ड्राइभरको मृत्यु

२२ अप्रिल,एजेन्सी ।
कोरोनाभाइरसको परीक्षण स्याम्पल बोकेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को गाडीमाथि म्यानमारमा आक्रमण भएको छ । आक्रमणमा गाडीका ड्राइभरको मृत्यु भएको छ भने एक सरकारी अधिकारी गम्भीर घाइते भएका छन् ।डब्लूएचओका अनुसार सोमबार रखाइन राज्यको मिन्ब्यामा भएको उक्त आक्रमणमा २९ वर्षीय ड्राईभर प्ये सोने विन माउङको निधन भएको हो । रोयटर्सका अनुसार गाडीमा अन्धाधुन्द गोली प्रहार भएको थियो ।डब्लूचओकी दक्षिणपूर्वी एसियाकी निर्देशक पुनम खेत्रापाल सिंहले स्वास्थ्यकर्मीमाथि हुने सबै खाले हिंसाको भत्सर्ना गरेकी छिन् । त्यस्तै, राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि घटनाको विरोध गर्दै दोषीमाथि कारावहीको माग गरेका छन् । Photo : bostonglobe स्रोत : सीएनएन

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।