श्यामसुन्दर गिरी,२२ अप्रिल सिड्नी ।
विश्वभर महामारीका रुपमा फैलेको कोरोनाभाइरस (कोभिड-१९)का कारण विश्बमा अहिले सम्म १ लाख ७५ हजारको हाराहारिमा ज्यान गएको छ । पछिल्लो समय युरोप,अमेरिका हुदै महामारीका रुपमा साउथ एसियामा सरेको कोरोना भाइरसको त्रास अष्ट्रेलियामा हराएको छ ।अष्ट्रेलियामा अझै सामान्य लकडाउन रहे पनि सार्बजनिक यातायात,सपिङ सेन्टर,पसल, क्याफे रेष्टुरेन्ट (टेक-अवे र डेलिभरी) खुल्ला छन् ।
काम,पढाई,ग्रोसरी सपिङ,मेडिकल र अत्याबश्यक कामका लागि सर्बसाधारणलाई आवात-जावतमा कुनै समस्या छैन । इस्टर पर्ब संगै अष्ट्रेलियामा कोरोना संक्रमित संख्या करिब-करिब सुन्यमा नै झरेको छ । अष्ट्रेलियाको एसिटी,एनटि र साउथ अष्ट्रेलियामा ३ दिन अघि कोरोनाको नयाँ संक्रमित सुन्यमा नै झरेको थियो ।
यो समचार तयार पार्दा सम्म एनटि (नर्थन टेरिटोरी राज्य) पुर्ण रुपमा सुन्यमा झरेको छ । यहाँ अहिले सम्म २७ जना मात्र संक्रमित पुष्टी भएका छन् । यस्तै एसिटिमा ३ दिन पछि १ जना नयाँ संक्रमित पुष्टी भएको छ । भने,साउथ अष्ट्रेलियामा २ नयाँ संक्रमित पुष्टी भएका छन् । अष्ट्रेलियन हेल्थका अनुसार २२ अप्रिल बिहान ६ बजे सम्म ६ हजार ६ सय ४७ संक्रमित पुष्टी भएका छन् । पछिल्लो ४८ घण्टामा देशभर ३५ नयाँ केस आएका हुन् । भने २४ घण्टामा २२ नया केस आएका हुन् । यसअघि २० अप्रिल बिहान ६ बजे सम्म ६ हजार ६ सय १२ मात्र संक्रमित थिए ।
कोरोनाले देशभर ७४ जनाको मृत्यु भएको छ भने ४ हजार २ सय ९१ जना निको भएर घर फर्किसकेका छन् । निको हुनेको संख्यामा संतोषजनक बृद्दि भएको छ । ४८ घण्टामा ६० जना निको भएर घर फर्किसकेका छन् । अष्ट्रेलियामा ४ लाख ४४ हजारमा कोरोना परिक्षण गरिएको छ ।अहिले सम्म एसिटिमा १सय ४,न्यु साउथ वेल्समा २ हजार ९ सय ७१,नर्थन टेरिटोरिमा २७,क्विसल्याण्डमा १ हजार २४,साउथ अष्ट्रेलियामा ४ सय ३७,तास्मानियामा २ सय २,भिक्टोरियामा १ हजार ३ सय ३६ र वेस्ट्रन अष्ट्रेलियामा ५ सय ४६ जना संक्रमित पुष्टी भएको छ ।







