२ बैशाख, काठमाडौं ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९)को बिषयमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ने प्रतिकृया दिएको छ ।डब्लुएचओको नयाँ प्रतिकृयाका अनुसार अब कोरोना भाइरस भ्याक्सिन बिना रोक्न नसकिने दाबी गरेको हो । कोरोना भाइरस संक्रमणलाई एक प्रभावकारी भ्याक्सिनले मात्र रोक्न सक्ने बताएको हो ।
डब्लुएचओका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियससले नियमित पत्रकार सम्मेलनमा कोरोना भाइरस स्वाइनफ्लु भन्दा १० गुणा खतरनाक भएको बताउँदै यसलाई रोक्न प्रभावकारी भ्याक्सिनको अनिवार्यतामा जोड दिएका हुन् ।







