कोरोनाले डोनाल्ड ट्रम्पकै साथीकै मृत्यु,सर्बाधिक मृतक संख्या अमेरिकामा

३० चैत, एजेन्सी ।
कोरोनाभाइरस (कोभिड-१९)ले अमेरिकामा यो समचार तयार पार्दा सम्म २० हजार ५ सय ८० जनाको मृत्यु भईसकेको छ । केहि दिन सम्म संक्रमितको हिसाबले अमेरिका पहिलो स्थानमा रहे पनि आज बाट मृतकका हिसाबले पनि अमेरिका पहिलो भएको छ । कोरोनाभाइरसले अमेरिकामा अपुर्णिय क्षति गरिरहेका बेला राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिकका साथीको समेत कोरोनाले नै मृत्यु भएको छ । ट्रम्पका साथी स्टानली चेराको शनिबार मृत्यु भएको हो । उनको मृत्यु पछि अमेरिकामा कोरोनाको त्रास बढेको छ ।न्यूयोर्कका रियल स्टेट व्यवसायी ७८ वर्षीय चेराको निधन भएको दि रियल डिल डटकमले जनाएको छ । यसअघि ह्वाइट हाउसमा भएको कोरोना भाइरस टास्क फोर्सको प्रेस सम्मेलनमा ट्रम्पले चेरालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएका थिए ।उनका नजिकका तीन साथिलाई उधृत गर्दै द न्यूयोर्क टाइम्सले पनि चेराको कोभिड–१९ कै कारण निधन भएको जनाएको छ । चेराको न्यूयोर्ककै अस्पतालमा उपचार भइरहेको थियो ।

न्यूयोर्क सिटीका बासिन्दा चेरा शहरमा कोरोना फैलिएपछि मार्चको सुरुमा न्यू जर्सी गएका थिए । तर उनलाई कहाँबाट संक्रमण भएको हो भन्ने पुष्टि भएको छैन ।ट्रम्पले प्रेस सम्मेलनमा आफ्ना एक साथीलाई कोरोना भाइरसको संक्रमण भएको बारम्बार बताएको र ति व्यक्ति चेरा नै भएको दावी न्यूयोर्क टाइम्सले गरेको छ ।चेरा डिपार्टमेन्ट स्टोरबाट धन कमाएका ठूला धनाढ्यमा पर्दछन् । ट्रम्पलाई सफल व्यापारी बनाउन उनको ठूलो हात रहेको बताइन्छ । File Photo*

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।