अमेरिकामा २४ घण्टामा २,०४३ को मृत्यु, संक्रमितको संख्या ५ लाख माथि

११ अप्रिल,एजेन्सी ।
कोरोनाभाइरस (कोभिड-१९)को इपिसेन्टर अमेरिका बनेको छ । पछिल्लो २४ घण्टामा अमेरिकाभर २ हजार ४३ जनाको मृत्यु भएको छ । यो संगै अमेरिकामा मृत्यु हुनेको संख्या १८ हजार ७ सय २५ पुगेको छ ।वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन ३३ हजार ७ सय ५२ संक्रमित भेटिएका छन् । यससँगै हालसम्म कूल संक्रमितको संख्या ५ लाख २ हजार ३ सय १८ पुगेको छ । संक्रमितमध्ये १० हजार ९ सय १७ जनाको स्थिती निकै गम्भीर छ भने २७ हजार ३ सय १४ जना संक्रमित निको भएका छन् । फाईल फोटो*

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।