अष्ट्रेलियामा नियम तोडेपछि जरिबानामा परेका मन्त्रीले दिए राजिनामा

१० अप्रिल,सिड्नी ।
अष्ट्रेलियाभर राज्य र शहर अनुसार कोरोनाभाइरस (कोभिड-१९)को नियन्त्रणका लागि अष्ट्रेलियन सरकारले फरक फरक जरिबाना रकम तथा सजाय तोकेको छ । अत्याबश्यक काम बाहेक घर बाहिर जना नपाईने र प्रहरीको सोधपुछमा मान्य कारण बताउन नसक्दा एनएसडब्लु राज्यमा १ हजार डलर जरिबाना र ६ महिना सम्मको जेल दुबै हुन सक्ने सजाय छ ।स्थानीय प्रहरीले एक शहर बाट अन्य ग्रामिण भेगको आबत-जावतमा समेत रोक लगाएका बेला एनएसडब्लु सरकारको कलामन्त्री डन हार्बिनले राजिनामा समेत दिनु परेको छ ।
मन्त्री हार्बिन सेन्ट्रल कोस्ट स्थित आफ्नै घरमा होलिडे मनाउन जादाको फोटो सार्बजनिक गरेपछि प्रहरीको फन्दामा परेका थिए । उनलाई प्रहरीले एक हजार डलरको जरिबाना समेत गराएको छ । कोरोनाभाइरको नियम तोडेर जरिबानामा परेपछि मन्त्री हार्बिनले मन्त्री पदबाट राजिनामा दिएका स्थानीय संचारमाध्यमले लेखेका छन् ।

हार्बिनले शुक्रबार साँझ एनएसडब्लु प्रिमियर ग्लेडिस बेरेजिकलियनलाई राजिनामा पेस गरेको मिडियाले लेखेका छन् । राजिनामाका क्रममा हार्बिनले भनेका छन् ‘ कोरोनाभाइरस विरुद्ध लड्न सरकारको कामबाहेक अरु महत्वपूर्ण बिषय छैन । म मेरो परिस्थितिलाई त्यो कामबाट अलमल्याउन अनुमति दिन चाहन्न, र मलाई धेरै दुःख लाग्छ कि मेरा आवासीय प्रबन्धहरू यस समयमा एउटा समस्या भएको छ ।“जहिले पनि मैले सार्वजनिक स्वास्थ्य आदेशहरू अनुसार काम गर्ने कोसिस गरेको छु, र मैले सल्लाह मागेको छु कि मेरो व्यवस्थाले ती आदेशहरूको पालना गर्‍यो ।

Sample Photo : Google

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।