१० अप्रिल,एजेन्सी ।
चीनका बरिष्ठ कोरोनाभाइरस विशेषज्ञले आगामी ४ हप्तामा कोरोनाभाइरस नियन्त्रण हुने बताएका छन् । उनले आगामी ४ हप्तापछि विश्वको अवस्था पहिलेजस्तै सामान्य अवस्थामा फर्कन सुरु हुने बताएका हुन् । उनका अनुसार यो अवधिपछि कोरोनाभाइरसका नयाँ संक्रमणका केसमा कमी आउनेछ । उनले चीनमा अब कोरोनाभाइरसको दोस्रो आक्रमण नहुने समेत भविष्यवाणी गरेका छन् ।
कोरोनाभाइरस संक्रमण नियन्त्रण र उपचारका लागि चीन सरकारले गठन गरेको मुख्य टिमका प्रमुख डा. झांग नेनशेनले यस्तो भविष्यवाणी गरेका हुन् । ८३ वर्षीय झांगले भने ‘चीनमा कोरोनाभाइरसको दोस्रो आक्रमण हुने छैन किनकि हामीले मनिटरिङ सिस्टमलाई अत्यन्तै बलियो बनाएका छौं ।’ डा. नेनशेनले शेनझेनको एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा यस्तो बताएको डेलिमेलले उल्लेख गरेको छ ।
डा. नेनशेनले भने ‘कोरोनाभाइरससँग लड्ने २ मात्र तरिका छन् । पहिलो हामीले संक्रमणको दरलाई सबैभन्दा कम स्टरमा जैजाउँ र त्यसलाई बढ्नबाट रोकौं । यसबाट हामीलाई भ्याक्सिन बनाउन समय प्राप्त हुनेछ र हामीले यो रोगलाई समाप्त गर्न सक्नेछौं । दोस्रो तरिका यो हो कि संक्रमणमा ढिलाइ ल्याउँ र आफ्ना केही बिरामीको संख्यालाई अलग अलग तरिकाले कम गरौं ।धेरैजसो देशले कोरोनाभाइरसको संक्रमणलाई लिएर कडा कदम उठाएका छन् ।
यस्तोमा मलाई आशा छ कि आगामी ४ हप्तामा नयाँ संक्रमित भेटिन लगभग बन्द हुनेछ ।’डा. झांगले अहिले पनि चीनमा लाखौं साइलेन्ट कोरोना क्यारियर भएको हल्ला फैलाइएको भन्दै यो झुटो भएको बताए । उनले भने ‘हामीले ती सबै बिरामीलाई अस्पतालमा भर्ना गरिसकेका छौं जसमा भाइरसको संक्रमण छ तर लक्षण देखिएको छेन । यस्ता बिरामीलाई एसिम्टोम्याटिक केस भनिन्छ । एसिम्टोम्याटिक केसबाट संक्रमण बढ्ने खतरा चीनमा धेरै छैन ।







