२२ चैत्र,काठमाडौं ।
नेपालमा शनिबार थप तीन जनामा कोरोनाभाईरसको संक्रमित पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोको पुष्टी गरेको हो ।मन्त्रालयका अनुसार कैलालीको धनगढीकी ३४ वर्षीया एक महिला,भारतको मुम्बई बाट केहि समय अघि फर्किएका २१ बर्षका पुरुष र भारतकै उत्तरखण्ड बाट फर्किएका ४१ बर्षका पुरुष गरी तीन जनामा कोरोनाको पुष्टी गरेको हो ।
धनगढीकी महिलालाई भने यसअघि दुबई बाट आएका कैलालीमा भेटिएका संक्रमित पुरुषको सम्पर्क बाट सरेको पुष्टी भएको हो । थप तीन जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । त्यसमा एक जना निको भएर घर फर्किसकेका छन् । सरकारले कोरोनाको संक्रमण हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै आगामी चैत २५ गतेसम्मका लागि लकडाउन घोषणा गरेको छ ।






