नेपालमा थप तीन जनामा कोरोना पुष्टी,संक्रमित संख्या पुग्यो ९

२२ चैत्र,काठमाडौं ।
नेपालमा शनिबार थप तीन जनामा कोरोनाभाईरसको संक्रमित पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोको पुष्टी गरेको हो ।मन्त्रालयका अनुसार कैलालीको धनगढीकी ३४ वर्षीया एक महिला,भारतको मुम्बई बाट केहि समय अघि फर्किएका २१ बर्षका पुरुष र भारतकै उत्तरखण्ड बाट फर्किएका ४१ बर्षका पुरुष गरी तीन जनामा कोरोनाको पुष्टी गरेको हो ।धनगढीकी महिलालाई भने यसअघि दुबई बाट आएका कैलालीमा भेटिएका संक्रमित पुरुषको सम्पर्क बाट सरेको पुष्टी भएको हो । थप तीन जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । त्यसमा एक जना निको भएर घर फर्किसकेका छन् । सरकारले कोरोनाको संक्रमण हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै आगामी चैत २५ गतेसम्मका लागि लकडाउन घोषणा गरेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।