कोरोनाभाइरसले बेलायतमा एकैदिनमा ५६३ जनाको मृत्यु

लण्डन ।
कोरोनाभाइरस (कोभिड-१९)ले युरोपका आधा दर्जन बढी देशमा आक्रमण गरेको छ । कोरोनाले युरोपका स्पेन र ईटली सबैभन्दा धेरै असर गरेको छ । यस्तै ठुलो असर बेलायतमा समेत परेको छ ।
बेलायतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमणबाट हरेक दिन २ सय भन्दा बढीको मृत्यु हुने गरेको छ । गएको २४ घण्टामा अहिले सम्मकै सर्बाधिक धेरैको मृत्यु भएको छ । गत २४ घन्टामा ५ सय ६३ जनाको मृत्यु भए संगै बेलायतमा कोरोनाले ज्यान गुमाउनेको संख्या २ हजार ३ सय ५२ जना पुगेका छन् । स्वास्थ्य विभागका अनुसार बेलायतमा औषतमा दैनिक रुपमा ४ हजारको हाराहारीमा नयाँ संक्रमित पुष्टी हुने गरेका छन् । अहिले सम्म १ लाख ५२ हजार ९ सय ७९ जनामा कोरोना परिक्षण गरिएकोमा २९ हजार ४ सय ७४ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ ।

कोरोनाको संक्रमण शुरु भए यता करिब २ हजार स्वास्थ्यकर्मीको कोरोना भाइरस परिक्षण गरिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । कोरोनाको कारणबाट विश्वमा ४५ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।