तीनै निर्बाचन क्षेत्रमा मंसीर ४ को तुलनामा कम मतदान

१० बैशाख,काठमाण्डौ ।
देशका तीन निर्वाचन क्षेत्रमा आईतबार भएको उपनिर्वाचनमा मतदान सम्पन्न भएको छ। बारा २ मा ६१ प्रतिशत, चितवनमा ६२ प्रतिशत र तनहुँमा ५१.७ प्रतिशत मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ।चितवनमा मंसिर ४ गतेको निर्वाचनभन्दा कम मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। गत मंसिरमा भएको निर्वाचनमा ६७.६३ प्रतिशत मत खसेको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।