१० बैशाख,काठमाण्डौ ।
देशका तीन निर्वाचन क्षेत्रमा आईतबार भएको उपनिर्वाचनमा मतदान सम्पन्न भएको छ। बारा २ मा ६१ प्रतिशत, चितवनमा ६२ प्रतिशत र तनहुँमा ५१.७ प्रतिशत मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ।
चितवनमा मंसिर ४ गतेको निर्वाचनभन्दा कम मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। गत मंसिरमा भएको निर्वाचनमा ६७.६३ प्रतिशत मत खसेको थियो ।






