चैत ६ सोमबार |
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत पाई फेरि प्रधानमन्त्री बनेका छन् । मत विभाजनमा प्रधानमन्त्रीलाई विश्वासको मत रहेको सम्बन्धी प्रस्तावको पक्षमा बहमुत प्राप्त भएको हो ।
प्रचण्डलाई १७२ विश्वासको मत रहेको पक्षमा मत पर्यो ।८९ सांसदले प्रधानमन्त्रीलाई अविश्वासको मत रहेको मतदान गरे ।दुई सांसदले विपक्षमा मत दिए भने एक सांसद तटस्थ रहे ।
मतदानमा २६२ सांसद उपस्थित थिए । प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीका सांसद तथा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले विश्वासको मत दिए । अर्को बैंठक चैत्र १२ गते बस्ने गरि स्थगित गरिएको छ ।








