दोस्रो पटक विश्वासको मत पाउदै फेरि प्रधानमन्त्री बने प्रचण्ड

चैत ६ सोमबार |
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत पाई फेरि प्रधानमन्त्री बनेका छन् । मत विभाजनमा प्रधानमन्त्रीलाई विश्वासको मत रहेको सम्बन्धी प्रस्तावको पक्षमा बहमुत प्राप्त भएको हो ।प्रचण्डलाई १७२ विश्वासको मत रहेको पक्षमा मत पर्यो ।८९ सांसदले प्रधानमन्त्रीलाई अविश्वासको मत रहेको मतदान गरे ।दुई सांसदले विपक्षमा मत दिए भने एक सांसद तटस्थ रहे ।

मतदानमा २६२ सांसद उपस्थित थिए । प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीका सांसद तथा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले विश्वासको मत दिए । अर्को बैंठक चैत्र १२ गते बस्ने गरि स्थगित गरिएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।