राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनपछि रिक्त स्थानको उपनिर्वाचन एकै पटक

१९ फाल्गुण,काठमाण्डौ ।
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति पदमा निर्वाचित भएपछि खाली हुने निर्वाचन क्षेत्र सहित चितवन–२ मा एकै दिन उपनिर्वाचन गर्ने तयारी गरेको छ । यही फागुन २५ राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । यी दुई पदमा निर्वाचित सांसदको पद रिक्त हुने व्यवस्था छ ।अवैध नागरिकताका कारण चितवन–२ बाट निर्वाचित रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि यो क्षेत्र सांसदविहीन छ ।आयोगले यसअघि नै चितवन–२ मा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने घोषणा गरेको थियो ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि रिक्त भएको स्थानमा पनि आगामी वैशाख १० गते निर्वाचन गर्ने तयारी गरिएको आयोगका आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।