१९ फाल्गुण,काठमाण्डौ ।
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति पदमा निर्वाचित भएपछि खाली हुने निर्वाचन क्षेत्र सहित चितवन–२ मा एकै दिन उपनिर्वाचन गर्ने तयारी गरेको छ । यही फागुन २५ राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।
यी दुई पदमा निर्वाचित सांसदको पद रिक्त हुने व्यवस्था छ ।अवैध नागरिकताका कारण चितवन–२ बाट निर्वाचित रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि यो क्षेत्र सांसदविहीन छ ।आयोगले यसअघि नै चितवन–२ मा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने घोषणा गरेको थियो ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि रिक्त भएको स्थानमा पनि आगामी वैशाख १० गते निर्वाचन गर्ने तयारी गरिएको आयोगका आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।








