इटालीमा हेलिकोप्टर दुर्घटनामा ५ जनाको मृत्यु

एजेन्सी : इटालीमा हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई यात्रु हराइरहेका छन् । टुस्कानीको लुक्काबाट उडेको उक्त हेलिकोप्टर उत्तरी सहर ट्रिभिसोतर्फ उडेको थियो ।हेलिकोप्टरमा टर्कीका चार जना व्यवसायीसमेत सात जना सवार थिए । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।