२६ बैशाख,काठमाण्डौ ।
टेस्लाका मालिक एलन मस्कले हालै गरेको एक ट्वीट चर्चामा छ । ९ मे को बिहान उनले ट्वीटमा लेखे, ‘यदि म रहस्यमय परिस्थितीमा मरे भने ! तपाईहरुलाई चिन्न पाउँदा मलाई खुसी लागेको छ।’
मस्कले यो भन्दा पहिला अर्को एउटा स्क्रिन सटसहितको ट्वीट साझा गरेका थिए। त्यो पोस्ट रुसी भाषामा थियो।
‘एलन मस्क यूक्रेनको फासिकस्ट फोर्सको शैनिक कम्यूनिकेशन उपकरण निर्यात गरिरहेका छन् । यसको लागि एलन मस्क तपाईले जवाफ दिनै पर्छ, तपाई जति चलाख भए पनि मानिसलाई बेबकुफ बनाउन सक्नुहुन्न।’
मस्कले यो ट्वीट रसियाको एक भेरिफाइड ट्वीटर अकाउन्टलाई मेन्सन गर्दै साझा गरेका थिए । यी दुवै पोस्टपछि टेस्लाका नयाँ सिइओलाई रुससँग लडाई लडिरहेको यूक्रेनलाई सहयोग गर्दा धम्र्की सुनिरहनु परेको छ। युक्रेनको आग्रहमा फ्रेब्रुअरीमा मस्कको कम्पनी स्पेसएक्सले स्टारलिंह उपग्रह ब्रान्डव्याड सेवा यूक्रेको युद्ध ग्रस्त क्षेत्रमा सक्रिय गरेका थिए।
एक साता अगाडि मस्कले ४४ अरब डलरमा ट्वीटर किन्ने प्रस्ताव गरेका थिए। ट्वीटरको बोर्ड यो प्रस्तावमा सहमत भएको थियो। यसको अन्तिम सम्झौता भने भईसकेको छैन।








