भवन भत्किँदा मृत्यु हुनेको संख्या ५३ पुग्यो

२३ बैशाख,काठमाण्डौ ।
चीनको हुनान प्रान्तमा भवन भत्किँदा त्यसमा रहेका ५३ जनाको ज्यान गएको पुष्टि भएको छ । गत अप्रिल २९ मा सो भवन भत्किएको थियो । सो दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५३ पुगेको शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । सो भवनमा रहेका १० जनालाई भने जीवितै उद्धार गरिएको छ ।त्यस्तै भवनको भग्नावशेषबाट त्यहाँ अरु केही मानिसहरू फसिरहेको आशंकामा उद्धार जारी राखिएको थियो । हुनान प्रान्तको वाङ्चेन्द क्षेत्रमा रहेको एक भवन भत्किँदा त्यसमा रहेका ५३ जनाको ज्यान गएको र अरु १० जनालाई जीवितै उद्धार गरिएको प्रान्तीय प्रहरी प्रमुखले जानकारी दिएका हुन् । यस दुर्घटनाको अनुसन्धान जारी रहेको पनि प्रहरीले जनाएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।