१० बैशाख,काठमाण्डौ ।
विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन २ हजार ३४५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट २ हजार ३४५ को मृत्यु भएको हो।त्यस्तै, विगत २४ घण्टामा विश्वभर ६ लाख ५३ हजार ८२२ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म ५० करोड ८४ लाख १ हजार ८५९ जनामा कोरोना संक्रमण भएको छ। त्यस्तै, ४६ करोड ८ लाख १५ हजार ६९० जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।
विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तत्थ्यांक अनुसार ६२ लाख ३८ हजार ६८९ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ। हालसम्म विश्वभर ४१ लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने ४१ हजार बढी गम्भीर अवस्थामा रहेका छन् । त्यस्तै, पछिल्लाे २४ घण्टामा थप ८ लाख १७ हजार १२८ संक्रमित निकाे भएका छन् ।








