२४ चैत्र,काठमाण्डौ ।
नाबालिग बलात्कारको अभियोगमा जिल्ला अदालत तनहुँबाट पुर्पक्षका लागि कारागार पुगेका पुर्ण बिक्रम (पल) शाहलाई जिल्ला अदालत नवलपुरले पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।बुधवार थुनछेक बहस सकिएपछि जिल्ला न्यायाधीश अर्जुन अधिकारीको एकल इजलासले उनलाई पुर्पक्षका लागि तनहुँ कारागारमै पठाउन आदेश दिएको हो।
उनलाई नवलपुरमा रहेको मुद्दाको थुनछेकको लागि मङ्गलवार तनहुँ कारागारबाट लगिएको थियो।नाबालिगलाई म्युजिक भिडियोको सुटिङका लागि गैँडाकोट रिसोर्टमा बेलुका रक्सी खाएर कोठामा गई बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैँडाकोटमा जाहेरी परेको थियो।
शाहलाई १२ देखि १४ वर्ष कैद र ४ लाख रुपैयाँ जरिवाना माग गर्दै जिल्ला सरकारी वकिल कार्यालय नवलपुरले चैत ३ गते अभियोग पत्र दायर भएको थियो। पल जिल्ला अदालतको पुर्पक्षको आदेशविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन्।








