१४ चैत्र,काठमाण्डौ ।
गायक प्रमोद खरेल र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘नौलाख तारा’को भिडियो रिलीज भएको छ । प्रकाश सापकोटाको शब्द तथा पुस्तक प्रसादको संगीतमा रहेको यो गीत रोमान्टिक शैलीमा छ ।शान थापाको निर्देशनमा बनेको भिडियोमा अभिनेता सन्दिप क्षेत्री र लोसिना लामिछानेको साथमा बालकलाकार सायरा भट्टराई लगायतको अभिनय रहेको छ ।
भिडियोमा पिताको डायरी हेरेपछि त्यहाँ गीत भेटेको र त्यहि गीत विद्यालयमा गाएको छोरीले बताएपछि श्रीमतीसँग प्रेम हुँदाको बखत याद गरिएको कथा देख्न सकिन्छ । भिडियोका छायाँकार बुद्द थापा हुन् भने सम्पादन तथा कलर ग्रेडिंग सुप्रिम पराजुलीले गरेका छन् । यो गीत ‘गोल्डेन हार्ट पिक्चर्स’ नामक यूट्युब च्यानल मार्फत रिलिज गरिएको छ ।
भिडियोः https://youtu.be/hs7IWSZtNE4







