सलमान खान जेठ १४ मा नेपाल आउने

९ चैत्र,काठमाण्डौ ।
वलिउड अभिनेता सलमान खान नेपाल आउने मिति सरेको छ । यसअघि वैशाख ३ गते खान आउने भनिएता पनि नेपाल सुपर लिग एनएसएलका कारण आउने मिति सरेको हो ।एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७, २०७९ सम्म दशरथ रंगशालामा हुँदैछ । सलमानको कार्यक्रम ‘दबङ लाइभ इन नेपाल’ पनि दशरथ रंगशालामा हुने हुँदा खान आउने मिति सरेको हो । खान आगामी जेठ १४ गते आउँदैछन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।