पल प्रकरणः१२ दिनको म्याद थप

२२ फाल्गुन,काठमाण्डौ ।
नाबालिग गायिकामाथि करणीको आरोपी अभिनेता पल शाह (पूर्ण विक्रम शाह) लाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ।यसअघि गत आईतबार सात दिन थुनामा राखेर अनुसन्धान गरेको प्रहरीले थप अनुसन्धानका लागि भन्दै समय माग गरेको थियो। जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काका अनुसार अदालतले शाहलाई थप १२ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ।नाबालिग गायिकाको परिवारले किटानी जाहेरी दिएपछि अभिनेता शाहलाई प्रहरीले खोजि गरेको थियो । उनी पक्राउ पुर्जी जारी भएको ४ दिन पछि आफै तनहुँ प्रहरीकोमा पुगेका थिए ।

शाहले १७ वर्षीया गायिका माथि पटक-पटक बलात्कार गरेको पीडित पक्षको आरोप छ। भने पिडित परिवारले गत आईतबार नै नवलपरासीको गैडाकोटमा समेत किटानी जाहेरी दर्ता गरेका छन् ।
शाहले देखावटी माया-प्रेम गरेको बहाना गरी भिडिओ सुटिङ तथा अन्य भेटघाटको क्रमलाई बढाउँदै लगी धेरै नै रेखदेख, हेरचाह गरेजस्तो गर्दै आएको उजुरीमा उल्लेख छ।

यस्तै म्युजिक भिडिओ सुटिङ गर्न पोखरा, चितवन, बाग्लुङ, तनहुँ समेतका स्थानमा काम सकेर होटलमा बास बस्दा पटक-पटक बलात्कारको प्रयास गरेको किटानीमा उल्लेख छ । यस अबधिमा तनहुँ प्रहरीले पिडित परिवार लगायत केहि ब्यक्तीहरु संग समेत बयान लिईसकेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।