१५ फाल्गुन,काठमाण्डौ ।
अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना संसदबाट अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनका दहरु सहमति नजिक पुगेका छन् । ११ बुँदे परिमार्जनसहित एमसीसी अनुमोदन गर्न गठबन्धन दल सहमति नजिक पुगेको हुन् । सत्तारुढ गठबन्धन दलमा एमसीसीका बारेमा ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन गराउन सहमत देखिएपछि एकीकृत समाजवादीले
सचिवालय बैठक बोलाएको छ । यस्तै माओवादी केन्द्रले पनि आन्तरिक बैठक डाकेको छ । यस विषयमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज विहान १० बजे बस्ने गठबन्धनको बैठकले थप निर्णय गर्ने बताइएको छ । गठबन्धनको बैठकले आजै एमसीसी पास गर्ने निर्णय लिने बुझिएको छ ।






