एमसीसी पास गर्न ११ बुँदे परिमार्जन र ‘व्याख्यात्मक घोषणा’सहित गठबन्धन दलहरु सहमति नजिक

१५ फाल्गुन,काठमाण्डौ ।
अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना संसदबाट अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनका दहरु सहमति नजिक पुगेका छन् । ११ बुँदे परिमार्जनसहित एमसीसी अनुमोदन गर्न गठबन्धन दल सहमति नजिक पुगेको हुन् । सत्तारुढ गठबन्धन दलमा एमसीसीका बारेमा ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन गराउन सहमत देखिएपछि एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । यस्तै माओवादी केन्द्रले पनि आन्तरिक बैठक डाकेको छ । यस विषयमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज विहान १० बजे बस्ने गठबन्धनको बैठकले थप निर्णय गर्ने बताइएको छ । गठबन्धनको बैठकले आजै एमसीसी पास गर्ने निर्णय लिने बुझिएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।