अमनको ‘नक्कली’ सार्वजनिक ( भिडियो )

२१ माघ,काठमाण्डौ ।
‘तस्बिर’ , ‘मिल्टेरिको जुत्ता’, ‘हुन्न हुन्न हुँदै हुन्न’ लगायातका थुप्रै चर्चित गीतहरुमा संगीत भरेका चर्चित संगीतकार टिका दाहालले संगीतवद्द गरेको नयाँ म्युजिक भिडियो ‘नक्कली’ सार्वजनिक भएको छ।रोमाण्टिक भर्सनको यस गीतमा अमन प्रधानको स्वर रहेको छ भने शब्द अबुन पाण्डेको रहेको छ। यस गीतलाई गायक प्रधानका बुवा राहुल प्रधानले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा प्रियाना आचार्य ‘मुन्नी’ गायक प्रधान बीचको अन्स्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ। बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्।भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

भिडियो लिंक: https://youtu.be/peqULjUAIFQ

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।