विश्वभर ३४ करोड भन्दा बढी कोरोना संक्रमित

७ माघ,काठमाण्डौ ।
विश्वभर कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३४ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा यो खबर तयार पार्दासम्म ३२ लाख ७२ हजार नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३४ करोड २५ लाख नाघेको हो ।विश्वकै कोरोना तथ्यांक अपडेट गराउँदै आएको वल्डोमिटरका अनुसार २४ घण्टामा १६ लाख निको भएका छन् । सोही अवधिमा आठ हजार सङ्क्रमितको मृत्यु भएको छ ।अहिलेसम्म संयुक्त राज्य अमेरिकामा मात्रै संक्रमितको संख्या ७ करोड नाघेको छ । अममेरिकामा मात्र २४ घण्टामा चार लाख ९३ हजार नयाँ सङ्क्रमित थपिँदा १ लाख ५ हजार निको भएका छन् । सोही अवधिमा दुई हजार बढीको मृत्यु भएको छ ।

नेपालमासमेत पछिल्लो समय दैनिक संक्रमणले नयाँ रेकर्ड बनाउँदै आएको छ । बिहीबार मात्र २४ घण्टामा १२ हजार बढीमा संक्रमण पुष्टि भएको छ । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ५७ हजार नाघेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।