विश्वभर एकैदिन ३० लाख ४० हजारमा कोरोना संक्रमण पुष्टी्, ७ हजारको मृत्यु

३० पौष,काठमाण्डौ ।
विश्वभर पछिल्लो २४ घण्टामा ३० लाख ४० हजार कोरोना संक्रमित थपिएका छन् । थपिनेमा अमेरिकामा ६ लाख ८० हजार, फ्रान्समा ३ लाख ५ हजार, इटलीमा एक लाख ८४ हजार, स्पेनमा एक लाख ५९ हजार र अर्जेन्टिनामा एक लाख २८ हजार छन् । यसैगरी बेलायतमा एक लाख ९ हजार, ब्राजिलमा ९७ हजार र जर्मनीमा ९३ हजार र टर्कीमा ७५ हजार थपिएका छन् । यही अवधिमा ११ लाख ११ हजार जना कोरोनामुक्त भएका छन् भने ६ हजार ९५९ संक्रमितको मृत्यु भएको छ ।मृत्यु हुनेमा अमेरिकामा एक हजार ६३३, रुसमा ७४०, पोल्याण्डमा ४८१, बेलायतमा ३३५, इटलीमा ३१६, जर्मनीमा २६१, फ्रान्समा २२५, ब्राजिलमा १९० र टर्कीमा १५३ जना छन् । कोरोनामुक्त हुनेमा फ्रान्समा ९३ हजार, बेलायतमा ८९ हजार, इटलीमा ८२ हजार, अमेरिकामा ७१ हजार र टर्कीमा ५१ हजार छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।