३ पौष,काठमाण्डौ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । आइतबार दिउँसो ४ बजे बैठक बोलाइएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार संसद्को गतिरोध अन्त्य गर्नका लागि भोलिको बैठक बोलाइएको हो ।







