१४ मंसिर, चितवन ।
नेकपा एमालेको अध्यक्षमा पुन केपी शर्मा ओली विजयी हुनुभएको छ । अर्का प्रत्यासी भीम रावललाई १५ सय ८५ मतले पराजित ओली दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित हुनुभएको हो ।
ओलीले १८ सय ८ मत ल्याउँदा रावलले २ सय २३ मत प्राप्त गरे । निर्बाचित नेतृत्व सहित पदाधिकारीहरुले पदको सपथ ग्रहण समेत गरिसकेका छन् । एमाले महाधिवेशनमा ७२ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएको थियो।






