यात्रुबसमा आगलागी हुँदा कम्तीमा ४५ जनाको मृत्यु

एजेन्सी : बुल्गेरियामा यात्रु बसमा आगलागी हुँदा कम्तीमा ४५ जनाको ज्यान गएको छ । बुल्गेरियाको पश्चिमी क्षेत्रको राजमार्गमा नेपाली समय अनुसार मंगलबार बिहान पौने ६ बजेतिर घटना भएको हो । बसमा आगलागी हुँदा ठूलो मानवीय क्षति भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।बोस्नेक गाउँ नजिक बसमा आगलागी भएको बुल्गेरियाको आन्तरिक मामिला मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था बिटिएले जनाएको छ । आगलागीमा परी मृत्यु हुनेमा बालबालिका पनि रहेको आन्तरिक मामिला मन्त्रालयका अधिकारीले निजी टेलिभिजन च्यानल बिटिभीलाई बताएका छन् ।

आगलागी भएको बस टर्कीबाट उत्तरी मेसेडोनियाका लागि छुटेको जनाइएको छ । बसको नम्बर प्लेट उत्तरी मेसेडोनियाको रहेको खबरमा उल्लेख छ । उत्तरी मेसोडोनियाका प्रधानमन्त्री जोरान जाएभले बुल्गेरियन समकक्षीसँग घटनाबारे छलफल गरेको बिटिभीले जनाएको छ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।