युगान्डको राजधानीमा बम आक्रमण, ३ जनाको मृत्यु

एजेन्सी,युगान्ड ।
आत्मघाती बम आक्रमणकारीले युगान्डको राजधानी कम्पालालाई लक्षित गरी गरेको बम आक्रमणमा परी ३ जना सर्वसाधारण मारिएका छन् । घटनामा अन्य ३० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका तीन जना आक्रमणकारीले संसद र शहरको प्रहरी मुख्यालय नजिकै बम विस्फोट गराएका हुन् ।विष्फोटका कारण शवहरु क्षत विक्षत भएकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । घटनाको जिम्मेवारी स्लामिक स्टेटले लिएको छ । तीन मिनेटको अन्तरमा दुई वटा विष्फोट भएका थिए । शहरका अन्य भागमा समेत बम भेटिएको प्रहरीले जनाएको छ ।Photo Credit:BBC

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।