२ भाद्र, काठमाडौं ।
माधबकुमार नेपालको अध्यक्षता रहने गरी बुधबार निर्वाचनमा आयोगमा नेकपा एमाले (समाजवादी) दर्ता भएको छ । सरकारले राजनीतिक दल विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्यहरुले मात्रै पुग्ने व्यवस्था सहितको अध्यादेश ल्याएपछि नेता नेपालले नेकपा एमाले (समाजवादी) दल दर्ता गरेका हुन् ।
माधव नेपाल समूहले ९८ केन्द्रीय सदस्य सहितको नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गरेको हो । नेकपा एमाले समाजवादी नामको नयाँ पार्टीको चुनाव चिन्ह खुला किताब रहेको बताइएको छ ।
नयाँ पार्टीमा माधव नेपाल अध्यक्ष छन् भने झलनाथ खनाल वरिष्ठ नेताको रुपमा रहनेछन् । साथै संघीय संसदका ३१ सांसद एमाले समाजवादीमा रहेको नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।
नेपालको नयाँ पार्टीमा युवराज ज्ञवाली, राजेन्द्र पाण्डे, विरोध खतिवडा, वेदुराम भुसाल, जगन्नाथ खतिवडा, रामकुमारी झाँक्री, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ लगायत नेताहरु छन् ।







