३२ साउन, काठमाडौं ।
अफगानिस्तानको काबुल तालिवानले नियन्त्रणमा लिएपछि बिभिन्न देशहरुले आफ्ना नागरिकहरु स्वदेश फर्काउन थालेका छन् । प्रायःकुटनितिज्ञ नियोगहरुले सेवा बन्द गरेका छन्। काबुलमा हजारौ नेपालीहरु रहेकाले तत्तकाल उद्दार गर्न अपिल समेत गरिएको छ ।यसैबिच काबुल स्थित क्यानडाको राजदुताबासको सुरक्षाकर्मी नेपालीहरुको बिषयले अहिले क्यानडाका प्रधानमन्त्री जस्टिन
ट्रुडोको चर्को आलोचना भएको छ । क्यानडा सरकारले दुताबासको कर्मचारीहरु र पुर्ब कर्मचारीहरु समेत आफ्ना नागरिकलाई स्बदेश फर्काउन काम सुरु गरे पनि दूतावासको सुरक्षामा खटिएका पूर्व गोर्खाली सुरक्षाकर्मीलाई बेवास्ता गरेको भन्दै प्रधानमन्त्रीको आलोचना भएको हो ।दुतावासको सुरक्षाका लागि १०० जना पूर्व गोर्खा सैनिक खटिएका छन् । तर, काबुलबाट निकालिने सूचीमा पूर्व गोर्खालीहरुलाई नराखिएको भन्दै क्यानडाको छायाँ सरकारका रक्षा मन्त्री ज्याक ह्यारिसले आक्रोश पोखेका छन् ।
Concerning to learn 100 Nepalese Gurkhas & former staff working at Cnd embassy are not included in evacuation plans. #Canada must take measures to ensure their safety.
Instead of focusing on evacuating those at risk in Afghanistan, today @JustinTrudeau is calling an election.
— Jack Harris (@JackHarrisNDP) August 15, 2021
उनले लेखेका छन् ‘क्यानडाली दुतावासमा कार्यरत १०० नेपाली गोर्खालीहरु र पूर्व कर्मचारीहरु त्यहाँबाट निकालिने व्यक्तिहरुको सूचीमा नपरेको थाहा पाउँदा चिन्तित भएको छु । क्यानडाले उनीहरुको सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चाल्नै पर्छ । जोखिममा परेकाहरुलाई बाहिर निकाल्नेतर्फ ध्यान केन्द्रित गर्नुको सट्टा आज जस्टिन ट्रुडोले देशमा चुनाब घोषणा गरेका छन् ।’








