अफगान राष्ट्रपति कार्यालय तालिबानको कब्जामा

३२ साउन, काठमाडौं ।
तालिबानले अफगान राष्ट्रपतिको कार्यालय पनि कब्जा गरेको दाबी गरेको छ । अफगानिस्तानका अधिकांश शहर नियन्त्रणमा लिएर आइतबार राजधानी काबुल पुगेको तालिबानले राष्ट्रपतिको कार्यालय पनि कब्जा लिएको दाबी गरेको छ । तथापि सरकारी पक्षबाट यसको पुष्टि हुन बाँकी रहेको बीबीसीले जनाएको छ ।तालिबान लडाकु काबुल पुगेसँगै राष्ट्रपति अशरफ घानीले आइतबार नै देश छाडेका छन् । उनी काजकिस्तानमा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।तालिबानले ‘शान्तिपूर्ण शक्ति हस्तान्तरणको आशामा’ रहेको तथा हिंसा नगर्न अपील गरिरहेको छ ।

तालिबानले मुलुक आफ्नो कब्जामा रहे पनि अब कसैले डराउन नपर्ने जनाएको छ । शान्तिपूर्ण सत्ता हस्तान्तरण नभए केही घण्टाभित्रै ‘इस्लामिक एमिरेट अफ अफगानिस्तान’ घोषणा गर्ने तालिबान नेताहरुले जनाएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।