मेस्सी पीएसजीमा आवद्ध !

२६ साउन, काठमाडौं ।
बार्सिलोना फुटबल क्लबका पूर्वकप्तान एवं अर्जेन्टिनी फुटबलर लिओनल मेसी फ्रेन्च फुटबल क्लब पीएसजीमा आवद्ध हुने खेलकुदसम्बन्धी चर्चित टेलिभिजन च्यानल ईएसपीएन एफसीले दाबी गरेको छ । पीएसजीमा आवद्ध हुनुअघि सोमबार पेरिसमा उनको स्वास्थ्य परीक्षण गरिने इएसपिएन एफसीले जनाएको छ ।ईएसपीएनले फ्रेन्च फुटबल विश्लेषक जुलियन लाउरेन्सलाई उद्धृत गर्दै मेस्सी पीएसजीमा आवद्ध हुन लागेको उल्लेख गरेको हो ।त्यस्तै बिबिसीले पनि मेस्सी पीएसजी जाने सम्भावना रहेको उल्लेख गर्दै समाचार प्रकाशित गरेको छ ।आइतबार बार्सिलोनाबाट औपचारिक रुपमा बिदा हुँदै गर्दा मेस्सी भावुक बनेका थिए । बिदाइका क्रममा गरिएको पत्रकार सम्मेलनमा उनले अहिलेसम्म कुन क्लबमा आवद्ध हुने भन्ने विषयमा टुङ्गो नलागेको बताएका थिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।