बार्सिलोनाबाट विदाइ भए मेस्सी

२४ साउन, काठमाडौं ।
बार्सिलोनाबाट विदाइबारे आएका सूचनाहरूबारे पहिलोपटक सार्बजनिक प्रतिक्रिया दिन विश्व प्रसिद्ध फुटबल खेलाडी लियोनल मेस्सीले आज बार्सिलोनामा पत्रकार सम्मेलन गरे । क्लबले उनलाई २१ वर्षपछि त्यहाँबाट निस्किँदै गरेको घोषणा गरेको तीन दिनपछि बार्सिलोनाबाट विदाइबारे आएका सूचना तथा बार्सिलोनासँगको लामो सहकार्यबारे लियोनल मेसीले सम्मेलनमा बोलेका थिए । जहाँ उनले बार्सिलोनाबाट आफू बिदा हुनुपर्छ भन्ने कहिल्यै नसोचेको बताए ।बिदाइ कार्यक्रमको सुरुमा मेसीले आफ्नो कुरा राखेका थिए। उनले आफ्नो कुरा सकेपछि उपस्थितहरूले ताली बजाएर सम्मान प्रकट गरेका थिए। सुरूदेखि नै भावुक देखिएका मेसीले आफूलाई थाम्न सकेनन् र भक्कानिए।

कार्यक्रमको दर्शकदीर्घामा उनकी श्रीमती र छोराहरू पनि उपस्थित थिए। मेसी भक्कानिँदा उनीहरू पनि भावुक बनेका थिए।बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले शुक्रबार मेसीको सम्झौता नवीकरण गरेर आफू ‘क्लबलाई जोखिममा पार्न’ तयार नभएको कुरा बताएपछि मेसीबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले अनेक सम्भावनाबारे समाचारहरू आएका थिए ।

बार्साले अगस्त १५ मा ला लिगा सुरु हुनुभन्दा अगाडि ठूलो आर्थिक समस्याको सामना गरिरहेको बताउँदै लापोर्टाले बार्सिलोना अब मेस्सीसँग करार नवीकरण गर्ने सोचमा नरहेको बताउनुभएको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।