बालाजु औद्योगिक क्षेत्रमा नेबिको बिस्कुट कारखानामा भीषण आगलागी, आगो नियन्त्रण बाहिर

२३ साउन, काठमाडौं ।
बालाजु औद्योगिक क्षेत्र स्थित नेबिको बिस्कुटको कारखानामा शनिबार बिहान भीषण आगलागी भएको छ । बिहान २ बजेदेखि आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।बालाजु प्रहरीका अनुसार ८ दमकल तथा कम्तीमा २० वटा पानी ट्यांकर प्रयोग गरि आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । हेलिकप्टर बाट समेत पानी हाल्ने काम भईरहेको तर आगो नियन्त्रण बाहिर रहेको बुझ्नमा आएको छ ।आर्मी, सशस्त्र प्रहरी, प्रहरीसहितले आगो निभाउने प्रयास गरिरहेका छन् । आगलागीको कारण र क्षतिको विवरण भने थाहा नभएको प्रहरीले बताएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।