२३ साउन, काठमाडौं ।
बालाजु औद्योगिक क्षेत्र स्थित नेबिको बिस्कुटको कारखानामा शनिबार बिहान भीषण आगलागी भएको छ । बिहान २ बजेदेखि आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।बालाजु प्रहरीका अनुसार ८ दमकल तथा कम्तीमा २० वटा पानी ट्यांकर प्रयोग गरि आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
हेलिकप्टर बाट समेत पानी हाल्ने काम भईरहेको तर आगो नियन्त्रण बाहिर रहेको बुझ्नमा आएको छ ।आर्मी, सशस्त्र प्रहरी, प्रहरीसहितले आगो निभाउने प्रयास गरिरहेका छन् । आगलागीको कारण र क्षतिको विवरण भने थाहा नभएको प्रहरीले बताएको छ ।






