न्यु साउथ वेल्समा कोरोनाको नयाँ रेकर्ड

२२ साउन, सिड्नी ।
अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड ब्रेक गरेको छ । सन् २०२१ को पहिलो लकडाउन २५ जुन बाट भए पछि प्रत्येक २४ घण्टामा सार्बजनिक कोरोना संक्रमित संख्यामा नयाँ रेकर्ड ब्रेक गरेको हो ।बितेको २४ घण्टामा मात्रै न्यु साउथ वेल्स राज्यमा २ सय ९१ कोरोना संक्रमित पुष्टी भएको छ । यस्तै थए १ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा १ लाख ९ हजार ५ सय ४७ जनाको कोरोना परिक्षणमा २ सय ९१ जनामा कोरोना पुष्टी भएको हो । आजको तथ्याक अनुसार ३ सय ४ जना अस्पतालमा छन् । जस्मा ५ जना आईसियुमा उपचाररत छन् । गत २५ जनवरी २०२० देखी यो समचार तयार गर्दा सम्म राज्यभर ७९ जनाको मृत्यु भएको छ ।

पछिल्लो समय सरकारले कोरोना बिरुद्दको खोप बितरणमा बृद्दी गरेको छ । न्यु साउथ वेल्सको ग्रेटर सिड्नी,सेन्ट्रल कोष्ट,ब्लु माउन्टेन र सेलहार्बर क्षेत्रको लकडाउन यहि २८ अगष्ट सम्म तोकिएको छ । यस्तै न्यु साउथ वेल्स राज्यमा पर्ने न्यु क्यासल,सेन्ट स्टेफन लगायतका सबर्अबहरु समेत बिहिबार देखी लकडाउनमा परेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।